२६ मंसिर २०८२, शुक्रबार
Tags

GEN-Z आन्दोलनको क्रममा झुम्का कारागारबाट फरार कर्तव्य ज्यान मुद्दामा २४ वर्ष सजाय पाएका पप्पु यादव पक्राउ

रणभूमी सम्वाददाता बुधबार, मंसिर २४, २०८२

विराटनगर / कर्तव्य ज्यान मुद्दामा २४ वर्ष कैद सजाय तोकिएका र GEN-Z आन्दोलनको क्रममा झुम्का कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन्।

ईलाका प्रहरी कार्यालय रानीको टोलीले शुक्रबार दिउँसो सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का २८ वर्षीय पप्पु कुमार यादवलाई विराटनगर महानगरपालिका–१८ भेडियारीबाट नियन्त्रणमा लिएको हो।

यादव गत २०८२ भदौ २४ गते GEN-Z आन्दोलनको बीचमा झुम्का कारागारबाट भागेका थिए। उनी लामो समयदेखि फरार रहेकामा अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको टोलीले आज अपराह्न ३:४० बजे उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरी सहनिरीक्षक धन प्रसाद रिमाको कमाण्डमा रहेको टोलीले भेडियारी क्षेत्रबाट नै यादवलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रानीमा बुझाएको हो। भेडियारी इलाका प्रहरी कार्यालय रानीबाट करिब पाँच किलोमिटर दक्षिण–पूर्वमा पर्छ।

पक्राउ परेका यादवलाई थुनामा राखी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्