२६ मंसिर २०८२, शुक्रबार
Tags

सर्लाहीमा ९५ हजार नक्कली नोट सहित एक पक्राउ

रणभूमी सम्वाददाता शुक्रबार, मंसिर २६, २०८२

सर्लाही / सर्लाहीको बिष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोट सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कौडेना गाउँपालिका-५ छपकैया बस्ने ३० वर्षीय फिरोज खान रहेका छन्। इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरीले बुधबार बेलुकी उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार खानलाई चेकजाँच गर्ने क्रममा उनीसँग नक्कली नोट फेला परेको थियो।

खानसँग बरामद भएको ९५ थान एक हजारका नोट नक्कली भएको प्रहरीले पुष्टि गरेको छ। उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

नक्कली नोट कसरी र कहाँबाट ल्याइएको तथा यसको प्रयोग कहाँ गर्ने योजना थियो भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्