२९ मंसिर २०८२, सोमबार
Tags

मानव बेचबिखनका फरार प्रतिबादी पक्राउ रानीमा पक्राउ

रणभूमी सम्वाददाता आइतबार, मंसिर २८, २०८२

विराटनगर / मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा लामो समयदेखि फरार रहेकी एक प्रतिबादीलाई इलाका प्रहरी कार्यालय रानी, मोरङले पक्राउ गरेको छ।

मिति २०७६।०६।०७ गते इ.प्र.का. रानी, विराटनगरमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता भई फरार रहेकी मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४८ की पनिता महरा भन्ने लेशन कुमारी नेपालीलाई मंसिर २७ गते अपराह्न करिब ३ बजे पक्राउ गरिएको हो।

प्रहरी निरीक्षक कबिन राईको कमाण्डमा खटिएको प्रहरी टोलीले मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं. १४ स्थित इलाका प्रहरी कार्यालय रानीबाट करिब १ किलोमिटर उत्तरतर्फ पर्ने बिबी पछी क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकी प्रतिबादीलाई हाल इलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको छ।

प्रहरीले गम्भीर अपराधमा संलग्न फरार अभियुक्तहरूको खोजी र पक्राउलाई निरन्तरता दिने जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्