रणभूमी सम्वाददाता बुधबार, पुष ३०, २०८२
काठमाडौ / माघ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा झण्डै ०.१५ प्रतिशतले घटेर ४.६८ प्रतिशतमा झरेको छ।
पुस महिनामा ४.८३ प्रतिशत रहेको औसत ब्याजदर माघमा घटेको हो। कुल २० वाणिज्य बैंकमध्ये ११ वटाले ब्याजदर घटाएका छन् भने ८ वटाले यथावत राखेका छन्। एक बैंकले मात्र ब्याजदर बढाएको छ।
ब्याजदर घटाउने बैंकहरू:
कृषि विकास बैंक, एभरेस्ट बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, सानिमा बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक र सिटिजन्स बैंकले ब्याजदर कटौती गरेका छन्।
ब्याजदर स्थिर राख्ने बैंकहरू:
नेपाल बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनएमबी बैंकले ब्याजदर परिवर्तन गरेका छैनन्।
प्राइम कमर्सियल बैंकले भने ब्याजदर बढाएको छ।