३० पुष २०८२, बुधबार
Tags

राजसंस्था स्थापना आह्वान गर्दै ५० लाख एसएमएस पठाउने निर्देश सेढाई पक्राउ

रणभूमी सम्वाददाता बुधबार, पुष ३०, २०८२

काठमाडौँ / प्रदेश संरचना खारेज गरी सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै व्यापक रूपमा बल्क एसएमएस पठाएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति निर्देश सेढाईंलाई काठमाडौँको हात्तीसार क्षेत्रबाट नियन्त्रणमा लिएको हो। चितवन स्थायी घर भएका ३४ वर्षीय सेढाईंमाथि सार्वजनिक हितविरुद्धको कसुरमा अनुसन्धान सुरु गरिएको कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ प्रणालीमार्फत करिब ५० लाख एसएमएस पठाएका थिए। ती सन्देशमार्फत उनले पुस ३० गते दिउँसो १२ बजे बालुवाटारमा उपस्थित हुन सर्वसाधारणलाई आह्वान गरेका थिए।

निषेधित क्षेत्र घोषणा गरिएको स्थानमा अनिश्चित समयसम्म भेला हुन आग्रह गरिएको भन्दै प्रहरीले यस गतिविधिलाई सार्वजनिक हितविरुद्धको कार्य मानेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्