१२ बैशाख २०८१, बुधबार
Tags

ब्राउन सुगर सहित एक जना पक्राउ

रणभूमी आइतबार, साउन २४, २०७८

झापा / श्रावण २४, भद्रपुर नगरपालिका ३ किचकबध स्थितबाट एक जनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत घर भई हाल ठाकुरगंज बस्ने २८ बर्षीय श्रवण राय रहेका छन् ।

हिजो दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय झापा र सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २१ ग्राम २६० मिलिग्राम सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका रायलाई जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्