रणभूमी सम्वाददाता बुधबार, पुष ३०, २०८२
सुनसरी / सुनसरीका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित औषधि र लागू औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।
नेपाल प्रदेश प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट रेल्बे धरानबाट पुस २९ गते खटिएको संयुक्त प्रहरी टोलीले धरान–१७ निवासी ४० वर्षीय अमित थापा मगरलाई १ ग्राम २० मिलिग्राम र १७ वर्षीय सुमन राईलाई ८० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।
त्यसैगरी, अस्थायी प्रहरी पोष्ट चतराबाट खटिएको टोलीले बराहक्षेत्र नगरपालिका–१ स्थित चतरापुल क्षेत्रबाट धनकुटा सहिदभूमि गाउँपालिका–२ का समिर राई र उदयपुर बेलका नगरपालिका–७ का रमेश राईलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रतिबन्धित औषधि १६० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।