०२ माघ २०८२, शुक्रबार
Tags

गगन थापा नेतृत्वलाई मान्यता दिन माग गर्दै कांग्रेस नेताहरू निर्वाचन आयोगमा धर्ना

रणभूमी सम्वाददाता शुक्रबार, माघ ०२, २०८२

काठमाडौँ / नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले निर्वाचन आयोगअगाडि धर्ना दिएका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाको नेतृत्वलाई आधिकारिक मान्यता दिन माग गर्दै उनीहरू धर्नामा उत्रिएका हुन् ।

शुक्रबार माघ २ गते दिउँसो कांग्रेसका नेताहरू आयोग परिसरअगाडि पलेँटी कसेर बसेका छन् । यसअघि शुक्रबार बिहान देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत नेताहरूले आफूहरू नै आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

आयोगले भने संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान तथा विगतका नजिरका आधारमा निर्णय गरिने स्पष्ट पारेको थियो ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वमा रहेको केन्द्रीय समितिलाई नै आधिकारिक घोषणा गर्न दबाब दिन धर्ना कार्यक्रम गरिएको जनाइएको छ । सो केन्द्रीय समिति अध्यावधिक गर्न बिहीबार नै निर्वाचन आयोगमा निवेदन दिइसकिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्