०५ माघ २०८२, सोमबार
Tags

विराटनगर-जोगवनी नाकामा लागुऔषध सहित एक पक्राउ

रणभूमी सम्वाददाता सोमबार, माघ ०५, २०८२

विराटनगर / सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले विराटनगर-जोगवनीको मुख्य नाका रानीमा लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ।

सोमवार विहान ११:५० बजे नाकामा चेक जाँचको क्रममा सशस्त्र प्रहरीले बुढीगंगा गाउँपालिका वडा नं. १ का ५० वर्षीय जीवन कुमार ढकाललाई पक्राउ गरेको हो।

भारतबाट प्रदेश १-०४-००१ प ००१७ नम्बरको रातो रंगको स्कुटीमा लागुऔषध लुकाई ल्याइरहेको अवस्थामा ढकाललाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। उनको स्कुटीको डिक्कीबाट प्रतिबंधित लागुऔषध डाइलेक्स डिसी ७ बोतल र २० थान नेट्राजेपाम ट्याब्लेट बरामद गरिएको छ।

सशस्त्र प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारवाहीका लागि इलाका प्रहरी कार्यालय रानी विराटनगरलाई बुझाउने तयारी गरेको जनाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्