११ बैशाख २०८१, मंगलबार
Tags

मोटरसाईकल अनियन्त्रित हुंदा एक जनाको मृत्यु

रणभूमी आइतबार, साउन २४, २०७८

सुनसरी / श्रावण २४, सुनसरी भोक्राहा नरसिंह गाऊपालिका ४ चिरौली चोक स्थितमा को ८ प ४११५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हिजो बेलुका पौने ९ बजे भएको सो दुर्घटनामा मोटरसाईकल पछाडी सवार सोही स्थानका ३५ बर्षीय हेमन्त उराउ गम्भिर घाईते भई जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा राती सभा ९ बजे मृत्यु भएको थियो ।

मोटरसाईकल र चालक ईनरुवा नगरपालिका ९ बबिया का ४० बर्षीय बाबुराम उरावलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्