१० माघ २०८२, शनिबार
Tags

विराटनगरमा श्रीहरि सत्संग समितिको पाँचौँ वार्षिक उत्सव, सबरी बाल संस्कार केन्द्रको शुभारम्भ

रणभूमी सम्वाददाता शुक्रबार, माघ ०९, २०८२

विराटनगर / श्रीहरि सत्संग समिति नेपाल, विराटनगर सम्भागअन्तर्गत कटहरी गाउँपालिका–जमटोकी आनन्द टोलमा आज श्रीहरि सत्संग समितिको पाँचौँ वार्षिक उत्सव तथा स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको पावन अवसरमा आयोजित कार्यक्रममा सबरी बाल संस्कार केन्द्र को औपचारिक शुभारम्भ गरिएको हो।

कार्यक्रमको अध्यक्षता श्रीहरि सत्संग समिति नेपालका राष्ट्रिय अध्यक्ष भीखमचन्द सरल जीले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा वन, पर्यटन तथा वातावरण मन्त्री माननीय भीम पराजुलीको उपस्थिति रहेको थियो। कार्यक्रममा सम्भाग अध्यक्ष विद्यानन्द माझी, सम्भाग उपाध्यक्ष महेश कुमार साह स्वर्णकार, सम्भाग महिला समिति अध्यक्ष पुष्पा लोढा, मोरङ जिल्ला अध्यक्ष ओमप्रकाश अग्रवाल, जिल्ला महिला समितिकी कार्यकारी अध्यक्ष पुष्पलता कोइराला लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै, बाल संस्कार केन्द्रका सहयोगदाता पिंकी स्वर्णकार, पत्रकार द्वय राजेश शर्मा र कौशल निरौला, राष्ट्रिय योजना प्रमुखसहित मोरङ र सुनसरी जिल्लाका सञ्च व्यास तथा साधक कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा बालबालिकाहरूलाई कापी, पेन्सिल, कटर, इरेजर तथा मिठाई वितरण गरिएको थियो। उक्त शैक्षिक सामग्री देवेनारा परिवारको सौजन्यमा प्रदान गरिएको आयोजकले जनाएको छ। केन्द्रमार्फत दैनिक एक घण्टा बालबालिकालाई संस्कार पक्षसम्बन्धी शिक्षा प्रदान गरिने जानकारी पनि दिइएको छ।

यसै अवसरमा देवेन्द्र सेठियाले आगामी दिनमा अर्को एक संस्कार केन्द्र गोद लिने घोषणा गर्नुभएको छ। कार्यक्रममा वक्ताहरूले बालबालिकामा नैतिक शिक्षा, संस्कार र अनुशासनको विकास आजको आवश्यकता भएको भन्दै यस्ता केन्द्रहरू समाजका लागि महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए।

यहाँ कमेन्ट गर्नुहोस्