१५ माघ २०८२, बिहिबार
Tags

विराटनगर १५ बाट खैरो हेरोइनसहित एक युवक पक्राउ

रणभूमी सम्वाददाता बिहिबार, माघ १५, २०८२

विराटनगर / प्रतिबन्धित लागू औषध खैरो हेरोइनसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा जिल्ला दमक नगरपालिका वडा नम्बर ४ स्थायी ठेगाना भएका २९ वर्षीय एलिस कार्की रहेका छन्। उनलाई बिहीवार दिउँसो करिब ३ बजे मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर १५ रानी क्षेत्रबाट पक्राउ गरिएको हो।

लागू औषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको टोलीले कार्कीलाई फेला पारी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उनले बोकेको ब्यागभित्र कालो प्लाष्टिकमा लुकाइ राखिएको खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको खैरो हेरोइनको तौल प्लाष्टिकसहित १० ग्राम ६०० मिलिग्राम र प्लाष्टिक बाहेक ९ ग्राम ३५० मिलिग्राम रहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्