रणभूमी सम्वाददाता सोमबार, फाल्गुण ०४, २०८२
विराटनगर / लागूऔषध मुद्दामा केश मिलाइदिने प्रलोभनमा दुई लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षीय छवी शर्मालाई माघ १ गते साँझ ६ बजे निजको घरबाटै पक्राउ गरिएको हो।
पीडितले दिएको उजुरीअनुसार शर्माले लागूऔषध मुद्दामा केश मिलाइदिने भन्दै नगद दुई लाख रुपैयाँ लिएको तर सो काम नगरी ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेले फागुन ४ गते ठगी तथा अपराधिक लाभ कसूरमा मुद्दा दर्ता गरी शर्मालाई सात दिनको म्यादमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए।
यहाँ कमेन्ट गर्नुहोस्