०८ बैशाख २०८१, शनिबार
Tags

भिरबाट लडेर एक जनाको मृत्य

रणभूमी आइतबार, साउन २४, २०७८

संखुवासभा / श्रावण २४, मकालु गाऊपालिका ३ स्थित नयाँ बस्ती भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालीका २ घर भई हाल सोही स्थानमा निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको रोयल हाईड्रो कम्पनीमा काम गर्ने मजदुर ५२ बर्षीय खड्ग बहादुर गुरुङ रहेका छन् ।

शनिबार हेदाङना बजार गई बेलुका फर्केने क्रममा बाटोमा रहेको भिरबाट अचानक लडी अन्दाजी ६०/७० मिटर तल झरी मृत अबस्थामा गुरुङको सव आज बिहान ११ बजे फेला परेको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्