०७ फाल्गुण २०८२, बिहिबार
Tags

धनकुटामा २०५ किलो गाँजासहित दुई जना पक्राउ

रणभूमी सम्वाददाता बुधबार, फाल्गुण ०६, २०८२

विराटनगर / धनकुटाको साँगुरीगढी गाउँपालिका–७ गर्जुवा स्थित जंगलबाट ठूलो परिमाणमा लागू औषध गाँजासहित दुई जना पक्राउ परेका छन्।

फागुन ५ गते विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र प्रहरी चौकी मुलघाटबाट धनकुटाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उक्त गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार सेतो प्लास्टिकको बोरा भित्र राखिएको १० वटा बोरामा कुल २०५ किलोग्राम गाँजा फेला परेको थियो। सोही स्थानका ३३ वर्षीय प्रकाश राई र ३४ वर्षीय अशोक राईलाई गाँजासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्