०७ फाल्गुण २०८२, बिहिबार
Tags

सुनसरीमा नक्कली ५ सयका नोटसहित एक जना पक्राउ

रणभूमी सम्वाददाता बुधबार, फाल्गुण ०६, २०८२

सुनसरी / सुनसरीको इनरुवा नगरपालिका–५ स्थित सब्जी बजार क्षेत्रबाट नक्कली नेपाली नोटसहित एक जना पक्राउ परेका छन्।

फागुन ५ गते इनरुवा–१० का २५ वर्षीय आजाद मियाले इनरुवा–५ स्थित सब्जी बजारमा किनमेलका क्रममा ५०० दरको नोट प्रयोग गरेका थिए। उक्त नोट नक्कली भएको शंका लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सूचनापछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पैसा दिने मियालाई नियन्त्रणमा लिएको थियो। शरीर खानतलासीका क्रममा उनीबाट ५०० दरका ८ थान नक्कली नेपाली रुपैयाँका नोट बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका मियामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्