०७ फाल्गुण २०८२, बिहिबार
Tags

२ किलो ९ सय ग्राम चाँदीसहित १७ वर्षीय किशोर पक्राउ

रणभूमी सम्वाददाता बुधबार, फाल्गुण ०६, २०८२

काठमाडौं / चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब २ किलो ९ सय ग्राम तौल भएको चाँदीका दाना सहित एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा जिल्ला फेटा गाउँ पालिका–६ बस्ने १७ वर्षीय किशोर रहेका छन्। उनलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

र शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले वीरगंजबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–००६ ख ५५२९ नम्बरको बसमा जाँच गर्ने क्रममा उक्त चाँदीका दाना फेला पारेको थियो। सोही बसमा सवार उनलाई चाँदीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका किशोरलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्