रणभूमी सम्वाददाता बुधबार, फाल्गुण ०६, २०८२
पोखरा / कास्कीमा गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका–२ बस्ने ३७ वर्षीय भीमसेन परियार र व्यास नगरपालिका –१३ छाब्दी बस्ने ३२ वर्षीय अग्नी भन्ने लक्ष्मण पाण्डे रहेका छन्।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी कास्की जिल्लाका विभिन्न स्थानमा आफूलाई “माओवादीका कार्यकर्ता हौं” भन्दै डरधाक र धम्की दिई गैरकानुनी रूपमा चन्दा संकलन गरेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरू विरुद्ध चन्दा ऐन सम्बन्धी कसूरमा जिल्ला अदालत कास्की बाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्