१३ बैशाख २०८१, बिहिबार
Tags

गित गजल भित्र जुवा खेल्ने १२ जना पक्राउ

रणभूमी आइतबार, साउन २४, २०७८

विराटनगरको रोडशेष चौकमा रहेको एक गीत गजलमा प्रहरीले छापा मारेर एक दर्जन जुवाडेलाई पक्राउ गरेको छ ।

विराटनगर– १२ रोडशेष चौकदेखि थोरै दक्षिणमा रहेको संगम गित गजलमा जुवा (तास) खेली रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शुक्रवार प्रहरीले छापा मारेर १२ जना जुवाडेलाई नगद रू. २ लाख ३१ हजार २ सय ४० सहीत पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा विराटनगर -११ बस्ने बर्ष १८ को विरेन सहनी विराटनगर – १२ बस्ने बर्ष २६ को राहुल, सहनी विराटनगर – २ बस्ने बर्ष ३१ को भुवन कालाखेती,विराटनगर – ११ बस्ने बर्ष ३० को राजन पौदार, विराटनगर -२ बस्ने बर्ष ४८ को दिनेश सत्रा , विराटनगर – ८ बस्ने बर्ष ३४ को सुवोध पासवान, विराटनगर – ११ बस्ने बर्ष २२ को अजय सहनी, विराटनगर -११ बस्ने बर्ष ४० को सन्तोष कार्की, विराटनगर – १४ बस्ने बर्ष ५१ को बल बहादुर कोईराला, विराटनगर – ६ बस्ने बर्ष २८ को रन्जित सिंह, विराटनगर – १२ बस्ने बर्ष ३१ को विमल मुखिया र कटहरी गाउँपालिका वडा नं. १ बस्ने बर्ष ३५ को सवध नारायण चौधरी रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्