रणभूमी सम्वाददाता सोमबार, फाल्गुण ११, २०८२
विराटनगर / सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. दरैयाको जिम्मेवारी क्षेत्रभित्र रहेका सीमास्तम्भहरूको मर्मत तथा रंगरोदन गरिएको छ।
फागुन १० गते सीमा सीमास्तम्भ नम्बर १८०/४ देखि १८०/१० सम्मका जम्मा ७ वटा सीमास्तम्भमा संयुक्त रूपमा मर्मत तथा रंगरोदन कार्य सम्पन्न गरिएको हो।
नेपालतर्फबाट बि.ओ.पि. दरैयाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक शंकर कुमार कोइरालाको कमाण्डमा खटिएको टोली तथा भारततर्फबाट एसएसबी ५६औ बटालियनका एएसआई जितुल कोनवरको कमाण्डमा खटिएको संयुक्त टोलीले उक्त कार्य सम्पन्न गरेको जनाइएको छ।
सीमास्तम्भहरूको संरक्षण, पहिचान स्पष्टता तथा सीमा सुरक्षालाई प्रभावकारी बनाउन संयुक्त रूपमा नियमित मर्मत सम्भार तथा रंगरोदन कार्य गरिँदै आएको बताइएको छ।
यहाँ कमेन्ट गर्नुहोस्