१३ बैशाख २०८१, बिहिबार
Tags

सुन र चाँदीका गर गहनासहित पक्राउ

रणभूमी आइतबार, साउन २४, २०७८

पर्सा / श्रावण २४, भारतबाट अवैधरूपमा सुन तथा चाँदीका गरगहानाहरु ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाको चेकिङ टोलीले आज विहान ०९:१५ बजेको समयमा तयारी चाँदी र सुनको गहना सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं.२ स्थित सडक खण्डमा शंकास्पदरूपमा पैदल हिंडिरहेका जगरनाथपुर गा.पा.वडा नं.२ बस्ने वर्ष १९ को सोनु कुमार सोनारलाई रोकी खोज तलास गर्दा सोनु कुमार सोनारले बोकेको कालो रंगको ब्यागभित्र चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू १ के.जी.९७० ग्राम र सुन जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू १४.४०० मिली ग्राम बरामद गरेकाे थियाे ।

पक्राउ परेको सोनारलाई उक्त सुन चाँदी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा को प्रवक्ता तथा सूचना अधिकारी प्रनाउ ओम प्रकाश खनालले बताउनभयो ।

यहाँ कमेन्ट गर्नुहोस्