११ बैशाख २०८१, मंगलबार
Tags

एक लाख चालिस हजार मूल्य बराबरको अवैध मालसामान बरामद

Ranbhumi मंगलबार, चैत्र ०३, २०७७

उर्मिला यादव यात्री
नवलपरासी / जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीेले जिल्लाको बिभिन्न स्थानबाट एक लाख चालिस हजार पाच सय तीस रुपैया मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । प्रहरीका अनुसार जिल्लाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अवस्थामा करिब १ लाख ३ हजार ६ सय ८० रुपैया मुल्य बराबरको चिनि, रिलेक्स धुप, स्प्राइट १ प्याकेट, बिस्कुट, जिन्स पाइन्ट ११ थान, जेन्स टिसर्ट १३ थान, लेडिज टक्स ७३ पिस, जामा ६ थान, गोलो टिसर्ट ८ थान, , टिसर्ट ११ प्याकेट ३३ थान, खुल्ला टिसर्ट ३ थान, भिजन टिसर्ट ८ पिस, झुल ५ थान, सुरुवाल ६ थान, रिवक मोजा १२ पिस, स्पोर्ट मोजा ७० पिस, कुर्ता शुरुवाल २५ पिस र कोट कपडा १४ थान लगायतका मालसामान रामग्राम नगरपालिका वडा नं. ७ उजैनीबाट बरामद गरेको हो ।
त्यसैगरी जिल्लाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको १८ हजार १ सय ५० रुपैया मुल्य बराबरको चिनि ३ सय ५० किलो र अडहरको दाल ३० किलो रामग्राम नगरपिलाका वडा नं.५ बाट बरामद गरेको छ । त्यसैगरी प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको करीब १८ हजार ७ सय मुल्य बराबरको ५२ गोटा (अंन्दाजी ८५ किलो.) बोईलर कुखुरा रामग्राम नगरपालिका वडा नं. ४ बाट बरामद गरेको जनाएको छ । बरामद भएका सम्पुर्ण सामान र बोईलर कुखुरा आजै आवश्यक कारवाहीको महेशपुर भन्सार कार्यालय र पशु क्वारेन्टाइन महेशपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्