२६ फाल्गुण २०८२, मंगलबार
Tags

विराटनगरमा मोटरसाइकल चोरी गर्ने युवक पक्राउ

रणभूमी सम्वाददाता सोमबार, फाल्गुण २५, २०८२

विराटनगर / मोरङ प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१२ स्थित बिरयानी अड्डा एण्ड तन्दुरी पसलको पार्किङ स्थलमा राखिएको प्रदेश ०१–०१–००१ प ३६०१ नम्बरको मोटरसाइकल २०८२ फागुन २३ गते राति करिब १० बजे हराएको खबर प्राप्त भएको थियो।

घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास गर्ने क्रममा २०८२ फागुन २४ गते साँझ करिब ५ बजे विराटनगर महानगरपालिका–८ बस्ने २८ वर्षीय मो. ज्याउदिनलाई उक्त मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका ज्याउदिनमाथि चोरी सम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्