रणभूमी सम्वाददाता सोमबार, फाल्गुण २५, २०८२
विराटनगर / विराटनगरबाट चोरी भएको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–७ स्थित अदालत गेटबाट को ११ प ९६३९ नम्बरको अपाची मोटरसाइकल हराएको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल विशेष टोली परिचालन गरेको थियो।
सोही दिन दिउँसो करिब ३ः३० बजेतिर खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकलसहित विराटनगर महानगरपालिका–१६ बस्ने २७ वर्षीय सिकेन्द्र यादवलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेका अनुसार मोटरसाइकल चोरी सम्बन्धी घटनामा संलग्नता बारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
यहाँ कमेन्ट गर्नुहोस्