२६ फाल्गुण २०८२, मंगलबार
Tags

नरेश लाभले ५९ हजार २ सय ७० रुपैयाँ निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाए

रणभूमी सम्वाददाता मंगलबार, फाल्गुण २६, २०८२

विराटनगर / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा मोरङ निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय मुक्ति पार्टी नेपालको उम्मेदवार रहेका नरेश कुमार लाभले निर्वाचन प्रचार–प्रसारमा कुल ५९ हजार २ सय ७० रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।

उम्मेदवार लाभले हस्ताक्षर सहित निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणअनुसार विभिन्न शीर्षकमा रकम खर्च भएको देखिन्छ। विवरणमा सवारी साधन खर्च ११ हजार, सिटी रिक्सा माइक खर्च ६ हजार ४ सय, विज्ञापन तथा प्रचार–प्रसार खर्च २० हजार, इन्धन तथा खाजा खर्च ८ हजार ८ सय ७०, छपाई खर्च ३ हजार र धरौटी पबापत १० हजार रुपैयाँ उल्लेख गरिएको छ।

यी सबै शीर्षकको खर्च जोड्दा उम्मेदवार लाभको कुल निर्वाचन खर्च ५९ हजार २ सय ७० रुपैयाँ पुगेको देखिन्छ।

उल्लेखनीय छ कि निर्वाचन आयोगले तोकेको खर्च सीमाभित्र रही उम्मेदवारले आफ्नो खर्च विवरण सार्वजनिक गर्नु पारदर्शिताको दृष्टिले सकारात्मक मानिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्