०३ चैत्र २०८२, मंगलबार
Tags

विराटनगरमा ७ लाखभन्दा बढी मूल्यका अवैध लत्ताकपडा बरामद

रणभूमी सम्वाददाता मंगलबार, चैत्र ०३, २०८२

विराटनगर / मोरङ प्रहरीले भन्सार छली गरी ल्याइएका अवैध लत्ताकपडा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार विराटनगर महानगरपालिका–६ सरोचियास्थित मुरी मण्डलको घरको आँगनमा लुकाइछिपाइ राखिएको अवस्थामा लत्ताकपडा रहेको विशेष सूचनाको आधारमा प्रहरीले खोजतलास गरेको थियो। सो क्रममा अन्दाजी ७ लाख ३० हजार ५ सय रुपैयाँ बराबरका लत्ताकपडा फेला पारिएको प्रहरीले जनाएको छ।

मंगलबार दिउँसो करिब १:३० बजे प्रहरी टोलीले उक्त स्थानमा चेकजाँच गर्दा भन्सार छली गरी पैठारी गरिएका कपडाका सामग्री बरामद गरिएको हो।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी, विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय, मोरङले जानकारी दिएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्