रणभूमी सम्वाददाता बुधबार, चैत्र ११, २०८२
विराटनगर / विराटनगर महानगरपालिका–१५ हर्ताली हाटका रोशन साहलाई आफ्नै पत्नी ३२ वर्षीया कोमलकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङ प्रहरीका अनुसार घाँटी थिचेर हत्या गरेपछि उनले शव तन्नामा बेरेर विराटनगर–१७ स्थित छाला फ्याक्ट्री क्षेत्र नजिक पानीमा फालेका थिए।
चैत ६ गतेदेखि हराएकी पत्नीको खोजी भन्दै रोशनले नै प्रहरीमा निवेदन दिएका थिए। तर अनुसन्धानकै क्रममा उनको संलग्नता खुलेको हो। चार दिनपछि स्थानीयले दुर्गन्ध आएको सूचना दिएपछि शव फेला परेको थियो।
प्रारम्भिक अनुसन्धानमा दाम्पत्य विवाद र अविश्वासका कारण घटना भएको देखिएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्