१७ चैत्र २०८२, मंगलबार
Tags

सरुवा नमान्ने कर्मचारीलाई मन्त्री रावलको कडा चेतावनी

रणभूमी सम्वाददाता मंगलबार, चैत्र १७, २०८२

काठमाडौँ / सरकारले सरुवा वा काजमा खटाएको कार्यस्थलमा जान अस्वीकार गर्ने कर्मचारीलाई मार्ग प्रशस्त गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयले सोमबार ६३ जना उपसचिव र मङ्गलवार ६ जना सहसचिवको सरुवा गरेको थियो । तर, विशेष गरी काठमाडौँ बाहिरका स्थानीय तहमा खटाइएका केही कर्मचारीले जान आनाकानी गरेपछि सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले कडा धारणा व्यक्त गरेकी हुन् ।

मन्त्री रावलले जनतालाई सहज सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै खटाइएको स्थानमा जान्न अस्वीकार गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारिन् । उनले त्यस्ता कर्मचारीलाई मार्ग प्रशस्त गर्न निर्देशन दिँदै आवश्यक परे अन्य विकल्प अपनाइने संकेत पनि गरिन् ।

यसअघि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका नगरपालिका तथा उपमहानगरपालिकामा मन्त्रालयले कर्मचारी खटाइसकेको छ । साथै, निकट भविष्यमा कर्मचारी अभाव रहेका गाउँपालिकामा समेत कर्मचारी पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्