२३ बैशाख २०८३, बुधबार
Tags

नेपाल आउने भारतीय सवारीसाधन अब अनलाइन बाटै भन्सार काट्न पाउने, भन्सारमा घण्टौ लाइन बस्ने झन्झटबाट मुक्ति

रणभूमी सम्वाददाता मंगलबार, बैशाख २२, २०८३

काठमाडौं / स्थलमार्गबाट नेपाल आउने पर्यटकका लागि सरकारले ठूलो राहत दिने गरी नयाँ अनलाइन सेवा सुरु गरेको छ। अब विदेशी पर्यटकवाहक सवारी साधनले नेपाल प्रवेश गर्नु अघि नै अनलाइनमार्फत विवरण भर्न र राजश्व तिर्न सक्नेछन्।
अर्थ मन्त्रालय अन्तर्गतको ले यो डिजिटल प्रणाली विकास गरी सञ्चालनमा ल्याएको हो। उक्त सेवाको उद्घाटन अर्थमन्त्री ले एक कार्यक्रमका बीच गर्नुभएको हो।

यस प्रणाली लागू भएपछि भारतीय तथा तेस्रो मुलुकका पर्यटकले अब भन्सार नाकामा लाइन बस्नु पर्ने झन्झटबाट मुक्ति पाउनेछन्। यसअघि यस्ता सवारी साधनले नाकामै पुगेर अस्थायी इजाजत लिनुपर्ने बाध्यता थियो भने यात्रा अवधि थप गर्न पनि पुनः भन्सार कार्यालय धाउनुपर्ने अवस्था थियो।

अब भने पर्यटकले घरबाटै अनलाइन प्रणालीमार्फत सवारी सम्बन्धी सबै विवरण भर्न, शुल्क तिर्न र क्यूआर कोड प्राप्त गर्न सक्नेछन्। सोही क्यूआर कोड देखाएर सिधै नेपाल प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ।

भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीका अनुसार यो प्रणालीले प्रक्रिया थप पारदर्शी, छरितो र प्रभावकारी बनाउनेछ। साथै, यात्राको अवधि सकिँदा नेपालमै बसेर अनलाइनमार्फत नवीकरण गर्न सकिने सुविधा पनि थपिएको छ।

अर्थमन्त्री वाग्लेले सीमा क्षेत्रमा पर्यटकले भोग्ने सास्ती हटाउने र सरकारी सेवा छिटो–छरितो बनाउने उद्देश्यले यो प्रणाली सुरु गरिएको बताउनुभयो।

यो सेवा हाल भारतीय तथा अन्य देशका पर्यटकले प्रयोग गर्ने सवारी साधनका लागि लागू गरिएको छ। भन्सार विभागका अनुसार भविष्यमा आवश्यकताअनुसार अन्य नाकाहरू र सवारी साधनमा पनि विस्तार गरिनेछ।

यस सेवाबाट विशेषगरी भारत र बंगलादेशबाट स्थलमार्ग हुँदै नेपाल आउने पर्यटक लाभान्वित हुने अपेक्षा गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्