०७ बैशाख २०८१, शुक्रबार
Tags

घर बनाउने क्रममा पर्खाल लडेर मिस्त्रीको मृत्यु, एक जना घाईते

रणभूमी सोमबार, साउन २५, २०७८

सुनसरी / श्रावण २५, कोशी गाऊपालिका ५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको नया घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खाल नै सहित लड्दा एक जना मस्त्रिको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ईनरुवा नगरपालिका १० जल्पापुरका ३७ बर्षीय ईशादिल अंसारी रहेका छन् ।

आज दिउसो १ बजे भएको सो घटनामा देवानगंज गाऊपालिका ३ का २४ बर्षीय मो. सतार अंसारी समेत घाईते भई जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचार भईरहेको छ ।

घटनास्थलमा ईलाका प्रहरी लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्