१३ बैशाख २०८१, बिहिबार
Tags

अबैध काठ सहीत पक्राउ परेका गाडि र चालक डिभिजन बन कार्यालयको जिम्मा

रणभूमी सोमबार, साउन २५, २०७८

रुपन्देही / श्रावण २५, अबैध रुपमा सालका काठ काटी चोरी निकाशी हुँदै छ भन्ने बिशेष सूचनाका आधारमा हिजो राती जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाको कमाण्डमा खटिएको काठ बरामद गरेको छ ।

प्रहरी टोलीले जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. १० बाट चेकजाँचको क्रममा जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं. १० बस्ने बर्ष ३१ को नवराज पोख्रेलले चलाएको लु २ च ४१३३ न.को छोटा हात्ती गाडीमा ९ गोलिया काठ ५२.६५ क्यू फिट अन्दाजी मुल्य रु. ८४ हजार २ सय ४० बराबरको फेला पारी चालक सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बरामद भएको काठ, गाडी र चालक समेतलाई डिभिजन बन कार्यालय बसन्तपुर रुपन्देही पठाईएको।

यहाँ कमेन्ट गर्नुहोस्