३० आषाढ २०८३, मंगलबार
Tags

भन्सार छलीका लत्ताकपडा, किराना र मल्टिभिटामिनसहित रु. ७ लाख ८२ हजारभन्दा बढीका सामान बरामद

रणभूमी सम्वाददाता सोमबार, आषाढ २९, २०८३

विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका–१ टंकी सिनवारी क्षेत्रमा सशस्त्र प्रहरी बलको टोलीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरिएको रु. ७ लाख ८२ हजार ८० बराबरका विभिन्न सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको टोलीले आइतबार (२०८३ असार २९) विभिन्न सवारीसाधनमा चेकजाँच गर्ने क्रममा उक्त सामान फेला पारेको हो।

बरामद सामानमा रु. ४ लाख ५५ हजार ६२५ बराबरको लत्ताकपडा, रु. ५१ हजार ५५ बराबरको किराना सामग्री तथा रु. २ लाख ७५ हजार ४०० बराबरको मल्टिभिटामिन रहेका छन्।

बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय, मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्