१३ बैशाख २०८१, बिहिबार
Tags

सात घरमा चोरी गरेको व्यक्ती नगद ८,९९,९६१ सहित पक्राउ

रणभूमी सोमबार, साउन २५, २०७८

चितवन / श्रावण २५, रत्ननगर नगरपालिका र कालिका नगरपालिकाका अन्तर्गत बिभिन्न ७ स्थानमा अलग अलग मितिमा रातको समयमा चोरी गर्ने पक्राउ परेका छन् ।

घर कोठामा मानिसहरु सुतिरहेको मौका पारी घर भित्र प्रबेश गरी नगद तथा सुनका गरगहनाहरु चोरी गरेको घटनाको अनुसन्धान गर्ने क्रममा सो चोरी गर्ने ब्यक्ति पक्राउ परेको हो । चितवन राप्ती नगरपालिका वडा न.१२ धाङवाङगैरी घर भई हाल चितवन रत्ननगर नगरपालिका वडा न.०९ जानकीटोल बस्ने बर्ष २८ को केशब प्रजालाई मिति २०७८।०४।२४ गते नगद रु.८,९९,९६१।- (आठ लाख उनान्सय हजार नौ सय एकसठ्ठी) र चोरी गर्न प्रयोग गरेका बिभिन्न औजार सहित पक्राउ गरी चोरी सम्बन्धी कसूर मुद्धामा जिल्ला अदालत चितवन बाट म्याद थप गारी अनुसन्धान कार्य भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्