रणभूमी सम्वाददाता बुधबार, आषाढ ३१, २०८३
इलाम / इलामको चुलाचुली गाउँपालिकामा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका–३ निवासी ३२ वर्षीय राज कुमार मगर र झापाको कमल गाउँपालिका–५ घर भएका ५३ वर्षीय डिल्ली प्रसाद दुलाल रहेका छन्।
प्रहरीले जनाएअनुसार चुलाचुली गाउँपालिका–५ शिखर कटेरी निवासी ६० वर्षीय पाराङ तामाङ, राज कुमार मगर र डिल्ली प्रसाद दुलालले ती बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी पेल्टीमारीबाट खटिएको टोलीले मंगलबार दिउँसो राज कुमार मगर र डिल्ली प्रसाद दुलाललाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोप लागेका पाराङ तामाङ फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको तथा घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्