२२ साउन २०८३, शुक्रबार
Tags

१ हजार ३ सय १५ किलोग्राम गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार

रणभूमी सम्वाददाता शुक्रबार, साउन २२, २०८३

खोटाङ / जिल्ला प्रहरी कार्यालय खोटाङले १ हजार ३ सय १५ किलोग्राम लागूऔषध गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा ट्रकको चालक बस्ने क्याबिनमा बनाइएको फल्स बटम (गोप्य भाग) भित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साउन २२ गते दिउँसो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ स्थित मध्यपहाडी लोकमार्गको जंगल क्षेत्रमा प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रक शंकास्पद अवस्थामा रोकिएको भन्ने सूचनापछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले ट्रकमा खानतलासी गरेको थियो। त्यसक्रममा चालक बस्ने क्याबिनमा विशेष रूपमा बनाइएको फल्स बटमभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १ हजार ३ सय १५ किलोग्राम गाँजा फेला परेको हो।

गाँजा बरामद भएसँगै प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ। घटनामा संलग्न चालक तथा अन्य व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी तथा अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्