२६ साउन २०८३, मंगलबार
Tags

ब्राउन सुगरसहित इटहरीबाट दुई जना पक्राउ

रणभूमी सम्वाददाता मंगलबार, साउन २६, २०८३

विराटनगर / इटहरी उपमहानगरपालिका–८ बाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत फारमेन्सगन घर भई हाल इटहरी–८ मा डेरा गरी बस्दै आएका ३२ वर्षीय अवधेश सिंह र इटहरी–३ का २९ वर्षीय सरोज काफ्ले रहेका छन्। उनीहरूको साथबाट १० ग्राम ५७० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषध कारोबार तथा ओसारपसार सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्