१३ बैशाख २०८१, बिहिबार
Tags

पौने तिनलाख थान आन्तरिक राजस्व बिभागको स्टिकर सहित ५ जना पक्राउ

रणभूमी मंगलबार, साउन २६, २०७८

कैलाली / श्रावण २६, आन्तरिक राजस्व बिभागको स्टिकर सहीत ५ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले स्थानिय प्रहरी चौकीको सहयोगमा पक्राउ गरेकाे छ ।

सोमवार २५ गते बिहान १०:३० बजेको समयमा कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. ७ स्थित तालबन्द सडकखण्डमा जिल्ला लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा, भारत बस्ने अन्दाजी वर्ष १९ को संजित कुमारले चलाएको को ना. ३२ क ६२८१ नंबरको मोटरसाईकल पछाडी सवार सोही ठाउँ घर भएका वर्ष २० को रिङ्कु कुमारले ३ वटा कार्टुन बोकि ल्याई रहेको अबस्थामा आन्तरिक राजस्वको स्टिकर सहीत पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले चेजजाँदा गर्दा उक्त कार्टुनहरु भित्र आन्तरिक राजस्व बिभाग लेखिएको स्टिकर ७७ रोल जम्मा संख्या गन्दा २ लाख ८८ हजार ६ सय ७४ थान स्टिकर रहेको थीयो । फेला परेको उक्त स्टिकर वरामद गरी निज दुबै जनालाई पक्राउ गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त स्टिकरका रोलहरु मध्ये १३ रोल स्टिकरमा एउटै सिरियल नंबर भएका स्टिकर पटक-पटक दोहोरिएको पाईएको र उक्त स्टिकर जिल्ला कैलाली गौरीगंगा नगरपालिका वडा नं.०७ मसुरिया स्थित रहेको वेष्टर्न लिकर्स प्रा.लि.बाट ल्याई निजहरु बस्ने कोठामा छाप लगाउन लैजान लागेको भन्ने खुल्न आएकोले जिल्ला प्रहरी कार्यालय कैलालीले बताएकाे छ । पक्राउ परेकाहरु बस्ने कोठामा गई खानतलासी गर्दा 70 UP 300 ml लेखिएको छाप थान-३, स्ट्याम प्याड थान-३ र मसी समेत फेला पारी बरामद गरको हो । साथै उक्त कोठामा रहेका जिल्ला रौतहट गरुडा न.पा.वडा नं. १ जयनगर बस्ने वर्ष ४० को राज कुमार शाह, जिल्ला पर्सा विरगंज न.पा.१३ घन्टाघर बस्ने वर्ष ५५ को विजय गुप्ता र जिल्ला लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा, भारत बस्ने वर्ष २२ को सुरेश कुमार लाई समेत नियन्त्रणमा लिईएको ।

बरामद भएको स्टिकरको विषयमा थप अनुसन्धान तथा कार्वाहीको प्रक्रिया अगाडी बढाउँदै सोमवार

आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीसंग समन्वय गरी सो कार्यालयबाट खटिएको अधिकृत सहितको संयुक्त प्रहरी टोली उक्त वेष्टर्न लिकर्स प्रा.लि.मा पुगेर स्टिकर भण्डारण गरिएको कोठा समेत सिल गरी आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीबाट थप अनुसन्धान कार्य भई रहेको ।

पक्राउ परेका ५ जना सहित बरामद स्टिकर, 70 UP 300 ml लेखिएको छाप थान-३, स्ट्याम प्याड थान-३ र मसी समेत आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय धनगढीमा पठाईने जिल्ला प्रहरी कार्यालय कैलालीले बताएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्