रणभूमी सम्वाददाता सोमबार, भाद्र ०१, २०८३
विराटनगर । मोरङका विभिन्न सीमा क्षेत्रमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ३५ लाख २२ हजार ७११ रुपैयाँ बराबरको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।
मिति २०८३ भदौ १ गते सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ तथा मातहतका युनिटबाट खटिएको टोलीले विभिन्न सीमा इलाकामा निगरानीका क्रममा उक्त सामान बरामद गरेको हो।
बरामद गरिएका सामानमध्ये २२ लाख ४२ हजार ८०० रुपैयाँ बराबरको मल्टिभिटामिन रहेको छ। त्यसैगरी ७ वटा मोटरसाइकल, मदिरा, ७ वटा पशुचौपाया, लत्ताकपडा, कस्मेटिक तथा किराना सामानसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद भएका सम्पूर्ण सामानको भन्सार दाखिला मूल्य ३५ लाख २२ हजार ७११ रुपैयाँ रहेको जनाइएको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय, मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्