०७ बैशाख २०८१, शुक्रबार
Tags

रानी-जोगबनी मुख्य नाकाबाट आउने जाने खुल्याे वैकल्पिक बटोमा कडाई

रणभूमी बुधबार, साउन २७, २०७८

बिराटनगर / श्रावण २७, लामो समय देखि बन्द रहेकाे नेपाल भारत बिच विराटनगरको रानी नाकामा विहान ६ बजे देखी साझ ६ बजे सम्म आवत जावत सहज भएको छ ।

२०७६ साल चैत्र १० गते देखी कोरोना महामारी को कारणले गर्दा भन्द गरीएको नाकाहरु मध्ये विराटनगरको रानी भन्सार नाका पनि एक हो । समय बित्दै जाँदा जनजीवन सहज भएपछी नेपाल भारत आउने जानेहरूको संख्य पनि धेरैमा थियाे तर त्यसको कुनै तथ्याङ्क थिएन । कोरोना महामारीको तेश्रो लहर बाट पुनः सुरक्षित गर्नको निम्ती नेपाल भारत बीचको खुला सीमा बाट हुने आवागमनलाई नियन्त्रण गर्नु थियों । सोही क्रममा जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा सिसीएमसी तथा सुरक्षा समितिको बैठकले निर्णय गरी नेपाल भारत आउन जानको लागी मूख्य नाका सहज गरिएको हो ।

मुख्य नाका सहज भएर अब भारत बाट जुनसुकै प्रयोजनको निम्ति नेपाल आउने जोकोहीलाई पनि सिसी टिभि क्यामराको निगरानीमा स्वास्थ्य परीक्षणको दायरामा ल्याउन र भविष्यमा हुनसक्ने कोरोना महामारीको तेश्रो लहर बाट नागरिकलाई सुरक्षित राख्न सजिलो हुने आशा गर्न सकिन्छ । त्यति मात्र नभएर भारत बाट नेपाल भित्रिने धेरै प्रकारको सरसामनहरु बाट राजस्व समेत असुल्न सकिने भएको हो ।

नेपाल भारत सीमा अन्तर्गत विराटनगरको रानी भन्सार मुख्य नाका बाट आवत जावत सहज भएपछी वैश्य युवा संघ मोरङ्ग र आदर्श रोडवेज ले भरत बाट नेपाल प्रवेश गर्ने जोकोहीलाई पनि मासक अनिवार्य गर्न भन्सार परिसरमै सर्वसाधारण जनताको निम्ती मास्क वितरण गरेको छ । नेपाली कांग्रेस मोरङ्ग जिल्ला सदस्य तथा समाजसेवी राजेश गुप्ताले मास्क वितरण गर्दै जिल्ला प्रशासन कार्यालय र सिसीएमसी सहीत नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । आज गरेको मूख्य नाका सहजीकरणलाई सरकारको राम्राे राम्राे पक्ष रूपमा लिँदै हर्षित भएको गुप्ता बताउनुहुन्छ ।

त्यसैगरी वैश्य युवा संघ मोरङ जिल्ला अध्यक्ष तथा समाजसेवी गणेश साहले पनि आजको निर्णयलाई स्वागत योग्य भन्दै हर्ष व्यक्त गरेका छन् । साह भन्छन् ढिलै भएपनि सरकारको निर्णय स्वागत योग्य छ । हिजो राती मात्र विराटनगरको मूख्य नाका सुचारु किन गर्नु आवश्यक छ भनी आफ्नो सामाजिक सञ्जाल मार्फत स्टाटस लेखी सार्वजनिक गर्नु भएको थियो र बिहान रानीको मुख्य नाका सहज भएको सुन्नासाथ हर्षित हुँदै मास्क वितरणको निम्ती रानी भन्सार प्रंगणमा पुगेको बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्