१४ बैशाख २०८१, शुक्रबार
Tags

रानी जोगबनी बाट नेपाल आउनेहरूको निम्ती वैश्य युवा संघ र आदर्श रोडवेजद्वारा मास्क वितरण

रणभूमी बुधबार, साउन २७, २०७८

बिराटनगर / श्रावण २७, कोरोना महामारीको कारणले गर्दा भारत बाट कोरोनाको संक्रमण नेपाल नभित्रियोस् भनी सरकारले नेपाल भरत खुला सीमाहरु २०७६ चैत्र १० गते बाटै सिल गरेकाे थियो र सिल रहेको सिमा नाका अन्तर्गत बिराटनगरमा रेहेको रानी भन्सार कार्यालयको सिमामा आज बाट पैदल यात्रुलाई आऊ जाऊ गर्न र त्यस्तालाई परीक्षणको दायरामा ल्याउन खुला गरेको बेला समाजमा अझै कोरोना महामारीको जोखिम रहँदैगर्दाको अवस्थामा वैश्य युवा संघ नपाल मोरङ्ग जिल्लाले र आदर्श रोडवेज बिराटनगर १५ ले मास्क नलगाई भारत बाट नेपाल आउने नागरिकहरुको निम्ती सशस्त्र प्रहरीलाई मास्क हस्तान्तरण गर्दै अध्यक्ष गणेश साहले मास्क अनिवार्यको अनुरोध गरेका छन् ।

वैश्य युवा संघ मोरङ जिल्ला अध्यक्ष तथा समाजसेवी गणेश साहले आजको निर्णयलाई स्वागत योग्य भन्दै हर्ष व्यक्त गरेका छन् । साह भन्छन् ढिलै भएपनि सरकारको निर्णय स्वागत योग्य छ । हिजो राती मात्र विराटनगरको मूख्य नाका सुचारु किन गर्नु आवश्यक छ भनी आफ्नो सामाजिक सञ्जाल मार्फत स्टाटस लेखी सार्वजनिक गर्नु भएको थियो र बिहान रानीको मुख्य नाका सहज भएको सुन्नासाथ हर्षित हुँदै मास्क वितरणको निम्ती रानी भन्सार प्रंगणमा पुगेको बताउनुभयो ।

साथै नेपाली कांग्रेस मोरङ्ग जिल्ला सदस्य तथा समाजसेवी राजेश गुप्ताले मास्क वितरण गर्दै जिल्ला प्रशासन कार्यालय र सिसीएमसी सहीत नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । आज गरेको मूख्य नाका सहजीकरणलाई सरकारको राम्राे राम्राे पक्ष रूपमा लिँदै हर्षित भएको गुप्ता बताउनुहुन्छ । सीमामा रहेको आदर्श रोडवेजका संचालक कमलेश गुप्ता नेता राजेश गुप्ताको भई भएको र राजेश गुप्तालाई समाजसेवाको बाटोमा देखेर प्रेरित आफू पनि समाजको निम्ती केही सहयोग गर्न भनेर मास्क वितरण गरेका छन् । कोरोना महामारीको दोश्रो लहर सुरु भएपछी भएकाे निषेधाज्ञाको बेला दैनिक एक हजार जना गरीब, असहाय, तथा रोजगार गुमेकाहरुलाई कमलेश गुप्ताले निषेधाज्ञा अवधिभर खाना वितरण कार्य गरिसकेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्