०८ बैशाख २०८१, शनिबार
Tags

उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भनि ठगी गर्ने पक्राउ

रणभूमी बुधबार, साउन २७, २०७८

काठमाण्डौ / श्रावण २७, आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनि निजामती कर्मचारीको पोशाक समेत लगाएर व्यक्तिगत लाभ लिने उदेश्यले ठगी गरिरहेको भन्ने प्राप्त सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलिले एक जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

उपराष्ट्रपति कार्यालय जस्तो गरिमामय संस्थाको नाम दुरुपयोग गरि नपाएको ओहोदा वा पद पाएको भनि भ्रम सिर्जना गरी बिभिन्न व्यक्तिहरुलाई अनेक बहानामा झुक्यानमा पारी ठगी गरिरहेको जिल्ला डोटी केआईसिंह गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल किर्तिपुर नगरपालिका वडा नं. ०७ काठमाडौं बस्ने बर्ष २६ को किशोर / कुशल भट्ट भनिने केशवराज भट्टलाई कलंकी स्युचाटारबाट मंगलवार महाशाखाको टोलीले पक्राउ गरेकाे हाे । भट्टको बारेमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको महाशाखाले जानकारी गराएको छ । भट्टले कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत् चिनजान गरि साथी बनि आफू परराष्ट्र मन्त्रालयको सह-सचिव समेत हुँ भनि विश्वासमा पारी ठगी गर्दै आएको खुलेकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्