१४ बैशाख २०८१, शुक्रबार
Tags

ठुलो परिमाणमा भारत तस्करी हुन लागेको मदिरा मोरङ्ग प्रहरी द्वारा मध्यरातमा पक्राउ

Ranbhumi मंगलबार, चैत्र ०३, २०७७

विराटनगर / नेपालबाट भारततिर तस्करी गर्न तयारी अवस्थामा राखिएको ठूलो परिणामको मदिरा जिल्ला प्रहरी कार्यालय मोरङ्गको प्रहरीले आईतवार मध्य रातमा मोरङको जहदाबाट नियन्त्रणमा लिएको छ ।

जहदा गाउँपालिका १ स्थित लङ्का टोलबाट विभिन्न ब्राण्डका तीन सय ५० कार्टुन मदिरासहित भारत मटियारी घर भएका ३२ वर्षीय शिवलाल रायलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राई ले बताउनुभयो ।

भारतको बिहार राज्यमा प्रतिबन्धित रहेको मदिरा जन्य प्रदर्थ निजिकिदै गरेको होली पर्वको लागी ब्यापक रुपमा भारत तर्फ़ तस्करी भैइ जाने हुनाले जिल्ला प्रहरी कार्यालय मोरङ्गको विशेष टोली सादा पोसाकको कर्मचारीहरुको सक्रियतामा रातीको १ः३० बजेको समयमा जहदा गाउँपालिका १ मा पर्ने नेपाल भारत सिमा दशगजा नजिक रहेको लङ्का टोलमा रमेश यादवको घरमा छापा मारी उक्त मदिरा बरामद गरेका हुन ।

बरामद गरिएको मदिराहरुमा सिग्नेचर, गोर्खा स्ट्रङ बियर, सोफी, उमङ्ग, ब्ल्याक ओक लगायत का विभिन्न ब्राण्डका ३ सय ५० कार्टुन मदिराहरु रहेको र उक्त मदिरा तस्करी गर्न प्रयोग गरिएको डब्लू बी २० जेड १०८७ नम्बरको टाटा कम्पनिको जिएलएक्स कार तथा बिआर ४०बी ८०४२ र बिआर ३८ डब्लू ६९१८ नम्बर को दुई थान मोटरसाईकल हरु समेत फ़ेला परेको प्रहरीले बताएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्