१२ बैशाख २०८१, बुधबार
Tags

भासु भिरमा जिप दुर्घटना, २ जनाको मृत्यु ३ जना घाईते

रणभूमी बुधबार, साउन २७, २०७८

कैलाली / श्रावण २७, आज अपरान्ह करिब ४ :५० बजेको समयमा कैलाली को चुरे गा.पा. ३ पंगाल भासु स्थित धनगढी देखि डोटी तर्फ जादै गरेको प्रदेश न.३.०१.००२३ च ९०५९ नम्बरको बोलेरो जिप आफै अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु र ३ जना घाईते भएका छन् ।

दुर्घट्नाको सुचना प्राप्त हुना साथ तत्काल ईलाका प्रहरी कार्यालय फल्टुडे कैलालीबाट प्रहरी टोली आई जिपमा सवार चालक सहित ५ जना घाइतेहरुलाई उद्दार गरी उपचारको लागि धनगढी पठाइएको थियो । उपचारको क्रममा जिपमा सवार जिल्ला डोटी जोरायल गा.पा. वडा न.१ बस्ने बर्ष ७ की एलिसा खडका र जिल्ला कैलाली चुरे गा.पा.वडा नं. ६ आम्पानी बस्ने बर्ष २६ कि दुर्गा साउँदको उपचारको क्रममा मृत्यु भएको छ ।

साथै जिल्ला डोटी जोरायल गा.पा. वडा न.१ बस्ने जिप चालक बर्ष ३० को रमेश खड्का, जिपमा सवार सोही ठाउँ बस्ने बर्ष २८ की निर्मला खड्का र चुरे गा.पा वडा नं ६ बस्ने बर्ष ५ को सुनिल साउँद पदमा अस्पताल अत्तरियामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्