१६ चैत्र २०८०, शुक्रबार
Tags

अफिम सहित एक जना पक्राउ

रणभूमी शनिबार, साउन ३०, २०७८

संखुवासभा / श्रावण ३०, संखुवासभा खाँदवारी नगरपालिका -७ का ६९ बर्षीय जय चापागाईलाई लागूऔषध अफिम सहित पक्राउ गरिएको छ ।

हिजो दिउसो १२ बजे जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चापागाईको घरमा लुकाई छिपाई राखेको लागूऔषध अफिम २०४ ग्राम फेला पारेको थियो ।

पक्राउ परेका चापागाई उपर थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्