१६ चैत्र २०८०, शुक्रबार
Tags

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

रणभूमी शनिबार, साउन ३०, २०७८

बिराटनगर / श्रावण ३०, मोरङ जहदा गाऊपालिका ३ जयरामपुर बस्ने रबिया ऋषिदेवको १० बर्षीय गोलु ऋषिदेव खोलामा डुबेर मृत्यु भएको छ ।

हिजो बेलुका ५ बजे उनि साथीहरुसंग खद्रा खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबी घाईते भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी चौकी मझारेबाट प्रहरी टोली खटि गई घाईते बालकलाई उपचारको लागी कोशी अस्पताल विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्