१६ चैत्र २०८०, शुक्रबार
Tags

अवैध मोवाईल सहीत १२ लाख ८६ हजारको सामान बरामद

रणभूमी शनिबार, साउन ३०, २०७८

रूपन्देही / श्रावण ३०, जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतको प्रहरी चौकीहरुले हिको बिभिन्न स्थानहरु बाट अवैध रूपमा भंसार छली ल्याएको मोबाईल सेट, कपडा र कुखुरा लगायतका १२ लाख ८६ हजार बराबरको अवैध सामग्रीहरू बरामद गरी भन्सार दाखिला गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ लु ३ च ९९८ नं.को गाडीमा राखी ल्याउँदै गरेको अवस्थामा जिउदो बोईलर कुखुरा ११० वटा पक्राउ गरेकाे हाे । सो कुखुरा बोक्न प्रयोग भएकाे गाडी सहित अन्दाजी मुल्य ८ लाख ४० हजार मूल्यांकन गरी आवश्यक कारवाहीको लागि बोईलर कुखुरा क्वारेनन्टाईन चेकपोष्ट बेलहिया रुपन्देही र गाडी भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ लु १० प ८०६७ न.को मोटरसाईकलमा राखी ल्याउदै गरेको redmi मोबाइलहरु १७ थान र साडी १० थान गरी गाडी सहित अन्दाजी मुल्य रु ३ लाख १५ हजार बरावरको अबैध सामान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको छ । अवैध सामान समाउने क्रममै ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देही मातहत प्रहरी चौकी चनौलीबगाह रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको भैसीको पाडा २ वटा र ब्रोईलर कुखुराको मासु ३५ केजी गरी अन्दाजी मुल्य रु ६० हजार बराबरको अबैध सामान बरामद गरि आवश्यक कारवाहीको लागि बोईलर कुखुराको मासु पशु क्वारेनन्टाईन चेकपोष्ट बेलहिया रुपन्देही र कपडाहरु भन्सार कार्यालय बेलहिया रुपन्देही मा बुझाएको छ ।

सोही क्रममा ईलाका प्रहरी कार्यालय लुम्बिनी मातहत प्रहरी चौकी सुक्रौलीआमा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको पाइन्ट ४७ थान, जिउदो बोईलर खुखुरा २१ वटा (५० के.जी) अन्दाजी मुल्य रु ३० हजार बराबरको अबैध सामान बरामद गरि आवश्यक कारवाहीको लागि जिउदो बोईलर कुखुरा पशु क्वारेनन्टाईन चेकपोष्ट बेलहिया रुपन्देही र कपडाहरु भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको छ ।

त्यसैगरी ईलाका प्रहरी धकधई रुपन्देही र प्रहरी चौकी मैनिहवा रुपन्देही तथा ईलाका प्रहरी कार्यालय मझगावा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको ४१ हजार बराबरको अवैध सामनहरु बरामद गरी भन्सार दाखिला गराएको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले बताएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्