०८ बैशाख २०८१, शनिबार
Tags

नियन्त्रित औषधी सहित ३ जना पक्राउ

रणभूमी बुधबार, भाद्र ०२, २०७८

बिराटनगर / भदौ २, मोरङको बेलबारी नगरपालिका १० भाउन्ने चोक स्थित झापाली होटलबाट नियन्त्रित औषध सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ का २४ बर्षीय रोमन राई, पथरीशनिश्चरे नगरपालिका ४ का २९ बर्षीय अनुप राई र पथरीशनिश्चरे नगरपालिका ४ कै २९ बर्षीय बिशाल राई रहेका छन् ।

हिजो बेलुका ५ बजे प्रहरी चौकी डागिहाटबाट खटिएको प्रहरी टोलीले झापाली होटलमा बसेका उनिलाई चेकजाँच गर्दा प्रमाडोल क्याप्सुल ७०० पिस, स्पास्पेन गोटी ७०० पिस फेला पारेको थियो ।

पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय बेलबारीमा ल्याई थप अनुसन्धान भईरहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्