१३ बैशाख २०८१, बिहिबार
Tags

एल.पि.ग्यास बिक्रेता संघ मोरङ्ग द्वारा ‘तपाईंको मास्क खोई हजुर?’ एक हप्ते अभियान सञ्चालन

रणभूमी बुधबार, भाद्र ०२, २०७८

विराटनगर / भदौ २, एल.पि.ग्यास बिक्रेता संघ मोरङले आज बाट एक साताको लागी चोक चोकमा मास्क बाड्दै ‘तपाईंको मास्क खोई हजुर?’ अभियान सञ्चालन गरेका छन् ।

साथै एउटा माक्सको प्रयोग ६/६ घण्टामा फेर्नु पर्ने जानकारी मुलुक सन्देश दिदै पुरानो माक्स लगाउने लाई सचेतना गर्दै । सर्जिकल माक्स ६/६ घण्टा फेर्नु भन्दै जानकारी मुलुक सन्देशका साथ हरी इन्जिनियरिङ वकर्स प्रा.लि.को सौजन्य तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सहकार्यमा एल.पि.ग्यास बिक्रेता संघ मोरङ्गले उक्त मास्क वितरण अभीयान संचालन गरेका हुन् । आज पहिलाे दिन बिराटनगरको रोडशेष चौक बाट सुरु गरी एक हजार थान मास्क वितरण गरेको एल.पि.ग्यास बिक्रेता संघका मोरङ्ग अध्यक्ष गणेश साहले बताउनुभयो ।

‘तपाईंको मास्क खोई हजुर?’ अभियानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक चन्द्रबहादुर खड्का, ट्राफिक प्रहरी नायव निरीक्षक बिनोद कुमार तिम्सिना, एलपी ग्यास बिक्रेता संघ मोरङका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ, सचिव सुधीर यादव, विकास लालवानी, सन्तोष रौनियार, सुर्यमान बज्राचार्य, शिव नारायण गुप्ता, किशोर माली, नेपाल सोनार समाज सेवा समिति मोरङ अध्यक्ष महेश कुमार साह लगायत सहभागी भएका थिए ।

कोरोनाको नयाँ भेरियण्टहरु देखा पर्न थालेको अवस्थामा महामारी बाट केही हद सम्म आफूलाई सुरक्षित राख्न भ्याक्सिन लगाएको मानिसले पनि अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ भनी तपाईँको मास्क खोइ अभियान सञ्चालन गरेका हुन् ।

कोरोना भाईरस विरुद्धको खोपले कुनै पनि व्यक्ति कोरोनाको पहिलो र दोश्रो भेरियण्टबाट संक्रमित हुन् पुगे त्यस्तो अवस्थामा शरीर भित्र रहेको संक्रमण सँग लड्नसक्ने र ज्यान जाने जोखिम बाट बचाउने काम गर्छ । कोरोना भाईरस विरुद्धको खोप पनि अधिकांश नेपालीहरुले लगाइसकेको भएपनि उक्त खोपले कोरोना तथा कोरोनाकै नया भेरियण्टको संक्रमण हुन र सर्न सक्ने जोखिम रहिरहेको हुनाले बाहिर निस्किँदा वा भिडभाड भएको ठाउँहरुमा सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ भनी सचेतना फैलाउँदै सबै आम नागरिकहरूले मास्कको प्रयाेगलाई व्यवहारमा पनि लागु गर्नुपर्ने बताउँदै ७ दिन सम्म ‘तपाईंको मास्क खोई हजुर?’ कार्यक्रमलाई निरन्तरता दिने उक्त कार्यक्रममा सहभागी नेपाल सोनार समाज सेवा समिति मोरङ अध्यक्ष महेश कुमार साहले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्