१६ चैत्र २०८०, शुक्रबार
Tags

मैथिली संस्कृति झल्काउँदै ‘पहिल प्यार अही ची’ यू ट्यूबमा

रणभूमी बिहिबार, भाद्र ०३, २०७८

बिराटनगर / भदाै ३, ‘पहिल प्यार अही ची’ मैथिली गित जसमा माथिला भूमिमा, खेत, खलियान, खाेपडीमा छायांकन गरिएको मैथिली संस्कृति झल्किने सांस्कतिक दृश्यहरु समावेस गरी तयार पारिएको छ ।

म्यूजिक भिडियो मार्फत भाषा, कला र संस्कृतिकोलाई जगेर्ना गर्दै बिराटनगर बाट छिन्नमस्ता फिल्म्सको ब्यानर बाट बनेको म्यूजिक भिडियो छिन्नमस्ता फिल्म्सकै यू ट्यूब च्यानलबाट प्रदर्शन गरिएको हो ।

मैथिली म्यूजिक भिडियो ‘पहिल प्यार अही ची’ लाई निर्देशक राजु राजदेव चौधरीले निर्देशन गरेका छन् । जस्मा कलारारको रूपमा प्रदिप साह र मेनुका गिरी लाई हेर्न सकिन्छ । जयराम वि.कले लेखेको गीतामा स्वर ज्योती बि.क. र जयरामको रहेको छ, सङ्गीत मनेन्द्र कुमारले दिएका छन् भने यो गीत एम.के स्टूडियोमा रेकर्डिङ् गरिएको हो ।

त्यसै गरी ड्रोनमा राजा बाबु, नृत्य निर्दशन रबिन कुमार पाण्डेले गरेका छन् । निरज चौधरीले सम्पादन गरेर प्रदर्शन प्रदर्शनको लागी यू ट्यूब मा हालिसकेको निर्देशक राजु चौधरीले बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्