१३ बैशाख २०८१, बिहिबार
Tags

अनेक ठगीमा संलग्न भारतीय नागरिक पक्राउ

रणभूमी बिहिबार, भाद्र ०३, २०७८

काठमाण्डौ / भदाै ३, नेपालको विभिन्न कैलाली, सुर्खेतको ठेगाना बताई विभिन्न बहानामा ठगि गर्दै हिड्ने एक भारतीय नागरिकलाई पिडितहरुको उजुरीको आधारमा प्रहारीले पक्राउ गरेको छ ।

भारतको हिमाञ्चल प्रदेश रामपुर गसेरा सिम्ला जिल्ला नोगली पञ्चायत घर भएका देवी प्रसाद सिंह का छोरा वर्ष ३९ को शेर सिंह भन्ने रवि कुमार सिंहलाई बुधबार पक्राउ गरेकाे हो । ठगि बाट पिडित भएका व्यक्तिहरूले सिंहको नागरिकता प्रमाणपत्रमा उल्लेख जिल्ला कैलाली टिकापुर न.पा. वडा न. ०९ र जन्मस्थान सुर्खेत साविक लाटीकोईली गा.वि.स. वडा नं. ७ ठेगाना भएको प्रतिलिपी संलग्न राखी अपराध अनुसन्धान महाशाखामा लिखित उजुरी दिएपछि महाशाखा बाट खटेको टोलीले हिजो साझँ ५:३० बजेको समयमा ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ५ सेतीपाखाबाट पक्राउ गरिएको ।

पिडितको जाहेरी अनुसार रुपन्देही जिल्ला बुटवल उ.प.म.न.पा. वडा नं. ८ बस्ने हरी मल्ल र सोही ठउँ बस्ने महेन्द्र कुमार श्रेष्ठलाई बुटवल-नाराणघाट सडकखण्डको दायाँबायाँको रुख कटानको लागि चीन राज्य निर्माण ईन्जिनियरि निगम लिमिटेड को कागजात देखाई अञ्जली कन्स्ट्रक्सन र रवि कुमार सिंहको साझेदारी हो भनी प्रलोभनमा पारेर त्यसमा लगानी गरे मुनाफाको ४०% दिने शर्तमा विश्वास दिलाई पिडित हरी मल्ल र महेन्द्र कुमार श्रेष्ठलाई ४३ लाख ७३ हजार रुपैयाँ रकम लिएर पिडितलाई ग्यारेण्टी स्वरुप पैसा नभएको कुमारी बैंकको चेक दिई ठगी गरेको हो ।

त्यसैगरी रुपन्देही जिल्ला लुम्बिनी साँस्कृतिक न.पा. वडा नं. ६ बस्ने अनिल गुरुङ भन्ने कृष्ण बहादुर गरुङलाई अञ्जुली कन्स्ट्रक्सनको म्यानेजिङ डाइरेक्टर हुँ भनी गुरुङको बा १२ च ३८५९ नं. को स्विफ्ट डिजायर कार मासिक रु.९० हजार रुपैयाँ भाडा दिने सर्तमा २०७६ बैशाखमा लगी सम्पर्क विहिन भएकाे र उक्त कार भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं. १५ हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगर पालिका वडा नं. ३१ बस्ने प्रदिप रायलाई सिंहले यो कार मेरो आफ्नै हो र यसको सवारि दर्ता किताब मसँगै छ मलाई पैसाको खाँचो परेको बताएर समस्या देखाउँदै कार र ब्लुबुक धितो बन्धकी राखी रु. ८ लाख ३५ हजार रुपैयाँ दिनुहोस् भनी नक्कली ब्लुबुक देखाई प्रदिप रायलाई ठगी गरेको थियो ।

सोही क्रममा चुरियामाई ईन्टरप्राइजेज जडिबुटी, काठमाडौँका सञ्चालक कृष्णहरी गौतमसँग बजाज कम्पनीको बा ९५ प १६८ नं. को डमिनर -४०० सिसीको मोटरसाइकल रु.३ लाख ३० हजार रुपैयाँमा खरिद गर्ने भनी रु.३० हजार रुपैयाँ दिई बाँकी पैसा पछि दिन्छु भनी मिति २०७७।०९।२९ गतेबाट सम्पर्क विहिन भई ठगी गरेको खुलेकाे छ ।

धनुषा जिल्ला जनकपुरधाम उ.प.म.न.पा. स्थित न्यू साह एण्ड ईन्टरप्राइजेजका सञ्चालक प्रदिप कुमार साहलाई रोयल हाइड्रो कन्ट्रक्सन प्रा.लि.को म्यानेजिङ डाइरेक्टर हुँ भनी सिंहले भिजिटिङ कार्ड समेत देखाउदै मारुती सजुकी कम्पनीको प्रदेश-३-०१/०२३ च ००५० नं. को ब्रेज्जा कार मासिक रु.१ लाख ५० हजार रुपैयाँ भाडा दिन्छु भनी लगी सम्पर्क विहिन भई ठगी गरेको थियो । उक्त कार सहित रवि कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिईएको हाे ।

काठमाण्डौ जिल्ला काठमाण्डौ महानगर पालिका वडा नं. २ लाजिम्पाट स्थित रोयल हाइड्रो कन्ट्रक्सन प्रा.लि. को नक्कली लेटरप्याड, कम्पनीको छाप र नक्कली दस्तखत प्रयोग गरी सिंह आफूलाई संस्थापक अध्यक्ष हुँ भनी विभिन्न व्यक्तिहरूलाई करिब रु.१ एक करोड रुपैयाँ ठगी गरेको भनी कैलाली जिल्ला घोडाघोडी न.पा. वडा नं. १ स्थाई घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगर पालिका वडा नं. २ लाजिम्पाट बस्ने रोयल हाइड्रो कन्ट्रक्सन प्रा.लि. का संस्थापक अध्यक्ष सुरेन्द्र बहादुर शाही र प्रेम बहादुर शाहीले पनि महानगरीय अपराध महाशाखामा निवेदन दिइएको थियाे ।

सिंहको जिल्ला प्रशासन कार्यालय कैलालीबाट जारी नेपाली नागरिकताको प्रमाणपत्र नक्कली भएकाे र सोही नागरिकता पेश गरी विभिन्न बैंकहरूमा खाता खोली ठगी कार्यमा प्रयोग गरेको तथा सिंहले सवारि चालक अनुमतिपत्र समेत किर्ते गरी बनाएको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । रबी कुमार सिंहका विरुद्ध महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा बैंकिङ कसूरमा मुद्दा दर्ता भएर पक्राउ पुर्जी समेत जारी भएकोले हाल थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा पठाइएको महानगरीय अपराध महाशाखाले बताएकाे छ । साथै शेर सिंह भन्ने रवी कुमार सिंहबाट धेरै व्यक्तिहरू ठगिएको भन्ने बुझिएको र उजुरी आउने क्रम जारी रहेकोले अन्य कोही सिंहबाट ठगिमा पर्नुभएको भए महानगरीय अपराध महाशाखा सम्पर्क गर्न हुन समेत अनुरोध गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्